आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ कम्युनिष्ट पार्टीको येचौ नेतृत्वको टोली प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता ,

प्रकाशित
366
SHARES

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेको छ ।

टोलीले गएराति प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्र विस्तारका विषयमा कुराकानी गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँग दुई घण्टा बिताएको थियो । प्रधानमन्त्री ओलीले भेटमा एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरेको भट्टराईले बताए । उनकाअनुसार प्रधानमन्त्री ओलीले गत वर्ष भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको स्मरण गरेका थिए ।

भट्टराईले भने, ‘हाम्रो प्रधानमन्त्रीले राष्ट्रपति सीलाई नयाँ वर्ष २०२१ को शुभकामना सन्देश पठाउनुभयो । लामो समयदेखि नेपाल–चीन सम्बन्ध उत्कृष्ट रहेको र पछिल्लो समय झन दुई देश बीचको सम्बन्धलाई नयाँ उचाई दिन सफल भएको धारणा उहाँले राख्नुभयो। ’

प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ पक्षले आपसी हीत र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे चर्चा गरेका थिए ।चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले भेटमा चिनियां राष्ट्रपति सी चिनफिङले नयां वर्ष २०२१ को शुभकामना सन्देश सुनाएका थिए । भेटमा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे समेत छलफल भएको थियो।

चिनियाँ टोलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो । आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो।

प्रतिक्रिया