आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजधानी हल्लिनेगरी फेरि गयो भूकम्पको कडा धक्का, कहाँ हो केन्द्रविन्दु ?

प्रकाशित
7.9K
SHARES

काठमाडाैं । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा मध्यराति भूकम्प गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। जसको झट्का दिल्ली-एनसीआर इलाकासम्म महसुस गरिएको थियो। त्स्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको पश्चिमी शहर इजमिरलाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले कैयौं भवनहरु भत्किएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार भूकम्पका कारण अहिलेसम्म ४ जना मानिसको मृत्यु भएको विवरण प्राप्त गरिएको छ । यस्तै, कम्तीमा १ सय २० जना घाइते भएका छन् । भूकम्पका कारण थप मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ ।

अमेरिकी जिओलोजिक सर्वेका अनुसार भूकम्पको तीव्रता ७.० रेक्टरस्केल मापन गरिएको छ । भूकम्पले ग्रीस र एथेन्स पनि प्रभावित भएका बीबीसीले उल्लेख गरेको छ । तुर्कीको विपद प्रबन्ध विभागले राहत तथा उद्दारकर्ताहरुलाई प्रभावित क्षेत्रमा पठाइसकिएको जनाएको छ । भूकम्पले प्रभावित इजमिर टर्कीको तेस्रो ठूलो शहर हो ।

कोरोना भाइरस गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो ?

कोरोनाभाइरसको “नयाँ भेरीअन्ट” वा “नयाँ स्ट्रेन” बारे आउने समाचार राम्ररी बुझ्न मेरो एउटा साधारण तरिका छ। “के यो परिवर्तनले भाइरसको व्यवहार बदलिएको छ?” यो प्रश्न सोध्ने। भाइरसको आनुवंशिक परिवर्तन वा म्यूटेशन सुन्दा डरलाग्दो लाग्छ।

तर भाइरसको सामान्य प्रवृत्ति नै यसरी म्यूटेशन (उत्परिवर्तन) भएर फेरिइरहनु हो। अधिकांश यस्ता परिवर्तन अर्थहीन हुने गर्छन् वा भाइरसले आफूलाई बदल्दा त्यो सङ्क्रामक हुन छाड्छ र आफैँ हराएर जान्छ।

कहिलेकाहीँ भने उसको परिवर्तनले उसलाई थप सङ्क्रामक वा घातक बनाउन सक्छ। हालै इङ्ग्ल्यान्डको दक्षिणपूर्वी भागमा देखा परेको कोरोनाभाइरसको नयाँ स्ट्रेन अर्थात् प्रकार पुरानोभन्दा धेरै सङ्क्रामक भएको वा थप घातक भएको वा खोपप्रतिरोधी भएको कुनै स्पष्ट प्रमाण फेला परेको छैन।

तर दुईवटा कारणले वैज्ञानिकहरूले यसमाथि ध्यान केन्द्रित गरिरहेका छन्। पहिलो त यो नयाँ स्वरूपको भाइरस धेरै सङ्क्रमण भइरहेका स्थानमा फेला परेका छन्। यो चेतावनीको एउटा सूचक हो जबकि यसलाई दुवै किसिमले अर्थ्याउन सकिन्छ।

भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्छ। तर कहिलेकाहीँ सही मानिसमा सङ्क्रमण फैलाएर पनि भाइरस धेरै फैलिएको देखिन सक्छ। उदाहरणका लागि गर्मी याममा यूकेमा ‘स्पेनी स्ट्रेन’को कोरोनाभाइरस फैलियो।

धेरै मानिसहरूले स्पेनमा घुमफिर गरेर फर्किँदा त्यो बोकेर आएकाले त्यसो भएको थियो। प्रयोगशालामा सूक्ष्म अध्ययन गरेपछि मात्रै यो अहिलेको नयाँ स्ट्रेन थप सङ्क्रामक हो कि होइन भन्ने थाहा हुन्छ।

कोरोनाभाइरसका दुई उल्लेखनीय म्युटेशन
अनि यो भाइरसको म्यूटेशन कसरी भइरहेको छ भन्ने दोस्रो विषयले पनि वैज्ञानिकहरूको ध्यानाकृष्ट भएको छ। “यसमा एकदमै धेरै म्यूटेशन भइरहेका छन्। हामीले अपेक्षा गरेकोभन्दा धेरै। अनि केही परिवर्तन रोचक देखिन्छन्,” कोभिड-१९ जिनोमिक्स यूके (सीओजी-यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यानले बताए।

दुईवटा उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् – तिनका नाम भने अलि जटिल छन्। दुवै परिवर्तन कोरोनाभाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटीनमा भएका देखिन्छन्। यिनै स्पाईकको सहयोगले यो भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग लगाइदिन्छन्।

पहिलो म्यूटेशन N501 भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ। यही भागमार्फत् स्पाईकले हाम्रो शरीरको कोषमा पहिलो स्पर्श गर्छ। कोषभित्र छिर्न थप सजिलो बनाउने कुनै पनि यस्ता परिवर्तनले भाइरसलाई मद्दत पुग्छ।

“यो परिवर्तन महत्त्वपूर्ण अनुकूलन जस्तो लाग्छ,” प्राध्यापक लोम्यानले भने। अर्को म्यूटेशनको नाम “H69/V70 डिलिशन” छ जुन यसअघि धेरै पटक देखा परेको थियो। यही म्यूटेशन भएको भाइरस मिङ्क जनावरमा पनि देखिएको थियो।

यो म्यूटेशन भएको भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूमा कोभिडबाट निको भएका बिरामीको एन्टिबडी प्रयोग गर्दा प्रभावकारी नभएको चिन्ता व्यक्त भएका थिए। बीबीसी

यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अनिवार्य मास्क लगाउन आह्वान गरेको छ । सङ्गठनले नयाँ वर्ष सन् २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

नयाँ वर्ष र क्रिसमस मनाउने क्रममा सामान्य हेलचेक्रयाइँ गरियो भने युरोपभरि नै कोरोना भाइरसको महामारी अझ बढ्ने खतरा भएको भन्दै डब्ल्यूएचओले सचेत गराएको छ । डब्ल्यूएचओले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनुपर्ने र सँगसगै काम गर्नुपर्नेतर्फ पनि सङ्गठनले सबैको ध्यानाकर्षण गराएको छ । हरेक व्यक्ति–व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने सङ्गठनले भनेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै घरमा नयाँ वर्ष र क्रिसमस मनाउन र बाहिर जानै परेमा मास्कको पूर्ण प्रयोग गर्न सङ्गठनको अनुरोध छ ।

तर गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।

विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरुले जानकारी दिएका छन् । संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरु देखि नै खोप पठाइने छ ।”

अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए।

उता अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृत गरेको छ । खोप तथा औषधि सम्बन्धी अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको बीबीसीले जनाएको छ ।

एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गर्न सुझाए लगत्तै एफडीएले स्वीकृति दिएको हो । यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई लगाउन थालिएको छ ।

दुई खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको छ । अमेरिकामा शनिबार यो समाचार तयार पार्दा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ भने १ करोड ७८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया