काठमाडौँ । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजार २८८ पुगेको हो ।
यसमध्ये १ लाख ५ हजार ६१७ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख ५ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २१ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाख ९४ हजार १२५ पुगेको हो ।
यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७ लाख ६४ हजार ३२९ पुगेको छ ।
चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा फैलिरहँदा खोप निर्माणले प्रयोगले पनि तीव्रता पाएका छन् । तर, कोरोना भाइरसको नयाँ प्रजातिसमेत फेला परेपछि विश्वभर चिन्ता सुरू भएका छन् ।
बीबीसीका अनुसार बेलायत र फ्रान्समा देखिएको कोरोना भाइरसको नयाँ प्रजाती हाल युरोपका स्पेन, स्वीडेन र स्विजरल्याण्डमा देखिएको छ । यता भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ५७४ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३९२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ६० हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।
प्रतिक्रिया