आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेलायतबाट फ्रान्स गएका व्यक्तिमा कोरोनाको नयाँ प्रजाति भेटियाे

प्रकाशित
506
SHARES

काठमाडाैं । फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । डिसेम्बर १९ अर्थात् गएको पुस ४ गते बेलायतबाट फ्रान्स गएका टुअर्स सहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको सङ्क्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

ती व्यक्ति आइसोलेशनमा रहेका छन् । यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको थियो । बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ सङ्क्रमण पहिलेको भन्दा निकै घातक रहेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसविरुद्धका खोपहरु प्रयोग भैरहेका बेला नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर फैलिन थालेपछि अन्तर्राष्ट्रिय चासो र चिन्ता बढेको छ ।

नयाँ भाइरस कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी फैलिन सक्ने स्वास्थ्य विज्ञले बताउँदै आएका छन् । बेलायतमा नयाँ भाइरस देखिएपछि विभिन्न देशले उच्च सर्तकता र लकडाउन समेत गरेका छन् ।

प्रतिक्रिया