आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँ उपत्यकामा आज वर्षकै भन्दा धेरैजाडाे

प्रकाशित
310
SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ आज बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो ।महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो ।

बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया