आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना पुष्टि

प्रकाशित
538
SHARES

एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ । सिटीका थप दुई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ। सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको छ ।

यस्तै उता फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पीएसजीले बर्खास्त गरेको हो ।

जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनसंगको दूरी घटाएको थियो । स्काई जर्मनीका अनुसार पीएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् ।

टुचेलकै नेतृत्वमा पीएसजीले चार महिना अघि च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएको थियो । क्लबले तीन हप्ताको विश्रामअघि प्रशिक्षक टुचेललाई बिदा दिएको हो।

यस्तै फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका (यु–१७ र यु–२०) विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय लिएको हो ।

यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

‘कोभिड–१९ महामारीले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिएको छ । र अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ,’ फिफाले भनेको छ ।

प्रतिक्रिया