आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टीको वैधता कायम गराउन दाहाल-नेपाल समूह आज निर्वाचन आयोग जाँदै

प्रकाशित
284
SHARES

काठमाडौँ । हालै मात्र फुटेर अलग पार्टी बनाएको नेकपा प्रचण्ड माधब समूहले पार्टीको आधिकारिकता आफूसँग रहेको दाबीसहित आज निर्वाचन आयोगमा निबेदन दिदै छ। आज कार्यालय खुलेपछि सबै केन्द्रीय सदस्यहरू आयोगमा पुगेर बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन लागिएको नेकपा स्रोतले जनाएको छ ।

दाहाल-नेपाल समूहका १ सय १४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जाने उनले बताए । ‘हाम्रो पक्षमा बहुमत १ सय १४ सदस्य र बहुमत सदस्य भएकोमा निर्वाचन आयोगलाई आशंका नहोस् भन्ने हाम्रो मनसाय हो, आधिकारिकताको छिनोफानो गर्न उसलाई सहज होस् भनेर हामी बहमुत केन्द्रीय सदस्य आयोगमा पुग्न लागेका हौँ,’ नेकपा नेता शिव कुमार मण्डल भने ।

एकीकरणको ३२ महिनामा विभाजनमा फसेको नेकपामा आफू आधिकारिक रहेको दुबै पक्षले दाबी गरिरहेका छन् पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एकअर्काविरूद्धका निर्णय गरिरहेका छन् । दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका छन् ।

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल-नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।

ओलीसमूहले प्रचण्डको कार्यकारी हैसियत खोसेको छ । बिहीबारको दोस्रो केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी हैसियत खोसेको ओली पक्षले जनाएको छ । उसले विभिन्न प्रदेशका दाहाल-नेपाल समूहका इञ्चार्जहरूको जिम्मेवारी खोसेको छ ।

त्यसअघि ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेर सदस्य संख्या ११ सय ९९ पुर्याएका छन् । हाल उनले ५ सय ५६ जना थप गरेका छन् । अहिले केन्द्रीय समितिमा १ हजार ३ जना रहेको जनाइएको छ । विधानमा केही संशोधन पनि गरेका छन् ।

ओली पक्षले कसैलाई पनि कारबाही गरेको छैन । यससम्बन्धी जानकारी निर्वाचन आयोगमा गराएको छ । पार्टीको एक नम्बर अध्यक्ष भएकाले निर्णयमा आफ्नो हस्ताक्षरले नै मान्यता पाउने बताएका ओलीलाई महासचिव विष्णु पौडेलको पनि साथ रहेकाले आफ्नो पक्षको निर्णयले वैधता पाउने उनीहरुको दाबी छ ।

साविकको सदस्य संख्याका आधारमा बहुमत पक्ष आफूसँग रहेकाले दाहाल-नेपाल समूहले आफूहरूका निर्णयले वैधता पाउने विश्वास छ । यावत निर्णयसँगै दुई समूहले पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू गरेका छन् । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा ‘विधान विपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भए बमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्ने’ प्रावधान छ ।

यसरी कारबाही गर्दा निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्ने तथा कारबाहीको कारण र आधार स्पष्ट रुपमा खुलाउनु पर्ने प्रावधान छ । पार्टीले कारबाही विरुद्ध पुनरावेदन सुन्ने उपयुक्त संयन्त्रको व्यवस्था पनि गर्नु पर्छ ।

दाहाल-नेपाल पक्षले अध्यक्ष ओलीलाई अपदस्थ गरेर माधव नेपाललाई अध्यक्ष चयन गरेको छ । जुन पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण पुर्याउछ दल उही पक्षको हुनेछ ।

ऐनमा आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको बहुमत हुनेले विवाद उत्पन्न हुनुअघिको दलमा मान्यता पाउने प्रावधान छ ।

प्रतिक्रिया