आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद विघटन भएको ५ दिनपछि भारतले दियो यस्तो प्रतिक्रिया, अब के गर्ला ?

प्रकाशित
1.2K
SHARES

काठमाडौं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई भारतले नोट गरिरहेको प्रतिक्रिया दिएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो प्रतिक्रिया दिएका हुन् ।

‘नेपालमा प्रतिनिधि सभाको विघटन र उत्पन्न राजनीतिक अन्यौलताका सवालमा भारतको अवस्था’बारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले पत्रकार सम्मेलनमा भने, ‘नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नोट गरिरहेका छौं । यो नेपालको आन्तारिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ ।’

प्रवक्ता श्रीवास्तवले भारतको निकट छिमेकी भएको नाताले नेपाललाई निरन्तर सहयोग रहने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘ निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने छ ।’

नेपालमा विकसित राजनीतिक घटनाक्रममा भारतले आफ्नो अडान प्रष्टसँग राखेको यो पहिलो पटक हो । नेपालमा विकसित घटनाक्रमका बारेमा तत्काल प्रतिक्रिया दिने भारतले यो पटक भने केही दिन ढिलो प्रतिक्रिया दिएको छ । जानकारहरुका अनुसार नेपाल विकसित घटनाक्रमका सवालमा भारत यो पटक निकै सचेत भएर प्रस्तुत भैरहेको छ ।

स्मरण रहोस्, नेपालमा यो राजनीतिक उथलपुथल हुनभन्दा अघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकोभ्रमण गर्ने कार्यक्रम रहेको थियो । तर पछिल्लो विकसित घटनाक्रमपश्चात उनको हुने भनिएको भारत भ्रमण रद्द भएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएको छ भने ओलीको कदमको चौतर्फी आलोचना समेत भैरहेको छ ।

संसद विघटनको घोषणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुने गरी मध्यावधी निर्वाचनको मिति तोकिसकेकी छिन् । संसद विघटनलगत्तै भारतीय मिडिया र केही कुटनीतिज्ञहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै आलोचना गरेका थिए । तर बिहीबार संस्थापन पक्षबाट सन्तुलित प्रतिक्रिया आएको छ ।

यसअघि एस जयशंकरले के भनेका थिए ?

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको खुलासा गरेका छन् । उनले नेपालसँगको भारतको समस्या विश्वका जुनसुकै दुई छिमेकी मुलुकबीच हुनेजस्तो समस्या रहेको बताएका हुन् ।

भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तर्वार्ताको क्रममा जयशंकरले विश्वभर आफ्ना छिमेकी मुलुकसँग कुनै समस्या नरहेको मुलुक नभएको दाबी गरे । जयशंकरको भारतीय विदेश नीति समेटिएको किताबमा उनले ‘उदारता र दृढता’को नीति आफ्ना छिमेकी मुलुकसँग राख्ने उल्लेख गरेका छन् ।

तर, नेपालको संविधानमा नै नेपाल र भारतबीच विभाजन देखिएको छ । यसै वर्ष नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुले नेपालको भ्रमण गरिरहेका छन् । तर, नेपाल आफ्नो मुद्दाबाट पछि हटेको छैन । यस्तोमा भारतको दृढताको नीति कसरी कायम रह्यो भनी जयशंकरलाई प्रश्न गरिएको थियो ।

यसको जवाफमा उनले कुनै एउटा घटनालाई लिएर समग्र सम्बन्धको विषयमा टिकाटिप्पणी गरिनु उचित नहुने बताएका थिए । उनले भने, ‘समस्या हुन्छन् । मेरो मतलब, मलाई कुनै यस्ता दुई छिमेकी मुलुक देखाउनुहोस्, उनीहरुको बीचमा कुनै समस्या नै नभएको होस् ।’

उनले थपे, ‘अहिले हाम्रा अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक छन्, मुख्य कुरा उनीहरुसँग उनीहरुसँग उनीहरुको राजनीति छ र हामीसँग हाम्रो राजनीति छ, मुद्दाहरु त्यहीँ हुन्छन् ।’ यस्ता मुद्दाहरु कसरी समाधान गर्ने र तनाव कसरी कम गर्दै जाने भन्ने मुख्य विषय रहेको उनको भनाइ छ । उनको यो बयानले काठमाडाैंदेखि नयाँदिल्लीसम्म खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया