आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास परियोजाना सुरूगरेकाे छ ,

प्रकाशित
591
SHARES

काठमाडैँ  ।  लुम्बिनी प्रदेशमा श्रम बजार सुचना प्रणली विकास परियोजना शुरु भएको छ । उद्योगहरुले माग गर्दै आएको सो परियोजना पाँच वटा रोजगारदाता संस्थामो पहलमा गठन भएको हो । श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले सो परियोजनाको शुृरु भएको हो । नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख श्रीधर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरे ।

कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र शीप पहिचान गरी आवश्यक शीपहरुको एकरुपता कायम गर्दै सरकारलाई सो अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा शिप र उद्योगको आवश्यकता बीच बेमेल रहेको बताए । यस्तो अवस्थाले एकातिर तालिमको नाममा सरकारको धेरै रकम खर्च भइरहेको छ भने अर्कोतिर नेपाली युवाहरुले रोजगारी नपाउँदा न्यून ज्यालाको काम गर्न विदेशिनु परेको यथार्थता छ । एकातिर यो स्थिति छ भने आर्कोतिर निजी क्षेत्रले आवश्यकता अनुसार शिपयुक्त जनशक्ति नपाउँदा उद्योग–व्यवसाय कम क्षमतामा सञ्चालन गर्नु परेको र सो जनशक्तिको न्यून पूर्ति गर्न विदेशी कामदारमा भर पर्नु परेको छ ।
परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरुले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी दिए ।

मुलुकभित्र औद्योगिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले सम्बोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पठाउने  श्रम बजार सम्बन्धी सूचना प्रणलीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने भनिएको छ ।

सो कार्यक्रममा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशील चन्द्र तिवारी, भुमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले यस परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रका रोजगारदाताको माग अनुसारको प्राविधिक मानवस्रोत उत्पादन गर्न महत्वपूर्ण र सान्दर्भिक हुने बताए ।

कार्यक्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले निजी क्षेत्रले तथ्यांकीय विवरण संकलन गर्ने कार्यमा सक्रियता देखाएको भन्दै प्रशंसा गरे । उनले प्रदेशले सञ्चालनमा ल्याउन लागेको रोजगारी पोर्टलसँग सहकार्य गर्दा परियोजनाको उद्देश्य हाँसिल हुने विश्वास व्यक्त गरे । कार्यक्रमको आयोजना नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेश उद्योग परिसंघ तथा रुपन्देही उद्योग संघले संयुक्त रुपमा गरेका हुन् ।

प्रतिक्रिया