आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोजपुरमा जिप दुर्घटना हुँदा बालककाे मृत्युु ,

प्रकाशित
678
SHARES
Print

काठमाडौँ । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।

आज बिहान ६:३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट । बालककाे  मृत्यु

यसैबीच डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका छन् ।

गएराति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर घाइते भएका निज बालकको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए ।

उनले भने, “कारको ठक्करबाट बालक गम्भीर घाइते थिए, यहाँ उपचार हुन नसकेपछि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान भक्तपुरमा ट्रक पल्टिदाँ चालकको मृत्यु भएको छ । बिहान करिब २ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८, आदर्श चोक नजिकै ना. ६ ख ३९८२ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त घटनामा ट्रक चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।

अरनिको राजमार्ग जगातीबाट सूर्यविनायकतर्फ आउदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना हुदाँ च्यापिएर चालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।
‘क्रेनको सहायताले ट्रकलाई हटाई हेर्दा अन्सारीको घटनास्थलमा नै मृत्यु भएको रहेछ,’ डीएसपी गिरीले भने । उक्त ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाईते भएका छन् ।

मृतक अन्सारीको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया