आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंमा घट्यो एक दिनमै २ डिग्री तापक्रम,

प्रकाशित
323
SHARES

काठमाडौं । देशकाे संघिय राजधानी काठमाडाैं उपत्यकामा आज (शुक्रबार) बिहान हिजो-अस्ती भन्दा निकै चिसो महसुस गरिएको छ। बिहीबारभन्दा आज तापक्रम दुई डिग्री घटेकाले उपत्यकामा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकाको आकाशमा बादल हटेसँगै चिसो बढेको हो। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

हिजो उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

यसैबीच हुम्लामा कर्णाली नदीको पानी चिसोको कारण जम्न थालेको छ। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेको हो। नदीको पानी चिसोले जम्दा हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ।

चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियस पुगेको छ। नाम्खा–५ हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेको सशस्त्रका इन्चाजै प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। नदीको पानी बरफ बन्दा नदी नै सेताम्मे देखिन थालेको।

पानी जमेकाले बरफमाथिबाटै नदी वारपार गर्न सकिने भएको छ। चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए।हिल्सा क्षेत्र कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नुचिसो हुन्छ। अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ ।‘तातो पानी तताएर हालेपछि मात्र धाराको

पानी आउँछ  चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ। अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन,’ केसीले भने। यस्तै तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अनाउनु महाशाखाले आग्रह गरेको छ । आज काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम १० दशलमव २ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया