आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मान्छेको पेटबाट निकालियो ६३९ वटा फलामको किला

प्रकाशित
849
SHARES

काठमाडौँ । सुन्दा अनौठो लाक्छ । कतिपय मानिसको बच्चैदेखि खरी ढुंगा वा माटो खाने बानी हुन्छ । कतिपय मानिसले चाहीँ डिप्रेसन वा विभिन्न खाले मानसिक समस्याका कारण पनि यस्ता अनावश्यक चिजहरु खान्छन् ।

त्यस्तै भारतको पश्चिम बंगालस्थित गोबरडाँगामा बस्ने ४८ वर्षका प्रदिप ढाली नामका व्यक्तिचाहिँ माटो ढुंगा मात्र होइन फलामका किलाहरु समेत खाने बानी रहेछ ।

त्यहीँ खतरनाक बानीका कारण उनको पेटमा ६३९ वटा फलामको किला थुप्रिए । पेटमा फलामको किला थुप्रिएपछि उनलाई असह्य दुखाइ महसुस भयो । त्यसपछि उनी कलकत्ताको अस्पतालमा उपचारका लागि पुगे । जब डाक्टरहरुले उनको चेकजाँच गरे तब डाक्टरहरुको होसहवास उड्यो । ती व्यक्तिको पेटमा त फलामका ६३९ वटा फलामे किला रहेछन् ।

उनलाई कोलकाता मेडिकल कलेजको शल्यक्रिया विभागले डेढ घण्टाको शल्यक्रिया पश्चात् ती व्यक्तिको पेटमा रहेका ६३९ वटा फलामको किला निकालेको छ ।

डाक्टरहरुले पेटबाट फलामको किला निकाल्नका लागि चुम्बको प्रयोग गरेका थिए । पेटमा रहेका ती किलाहरु निकै तिखा थिए । ती व्यक्तिमा डिप्रेसनको समस्यासमेत रहेको र मानसिक समस्याकै कारण माटोसँगै किलासमेत खाने गरेको बताइएको छ । तर उनको त्यस्तो खतरनाक बानीका बारेमा घरपरिवारलाई समेत थाहा थिएन ।

धन्न त्यतिधेरै तिखा किलाहरु खाँदा पनि उनको पेटमा कुनै गम्भीर असर परेको भने देखिएन । डाक्टरहरुले पेटमा क्षति नपुर्‍याउने गरी चुम्बकले किला निकाल्न सफल भए ।

प्रतिक्रिया