आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दिन्छ यस्तो चमत्कारिक फाईदा खानुहोस् मेथी

प्रकाशित
206
SHARES

काठमाडौँ । भान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । किनकी यसले हाम्रो शरीरलाई अनेकौं फाइदा पुर्याउँछ, यो कोरोना कहरका बेला रोग प्रतिरोधी क्षमता बढाउन मेथी अझै बढी उपयोगी हुन्छ ।

यस्ता छन् बहुगुणी मेथीका फाईदा यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । मेथी खानाले पसिना आउँछ । र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।

यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ । मेथीबाट बनेको लड्डु एक राम्रो टोनिक हो जो प्रसुति पश्चात खुवाउने गरिन्छ । यसले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउने गर्दछ ।

डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ । यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ।
यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ ।

यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ।
मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।

त्यस्तै वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ । मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १/१ चम्मच तातो पानी या दूधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ।

मेथी दाना मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ। प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमिका रहेको पाइएको छ। मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।

प्रतिक्रिया