आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सैलुङ भर्चुअल तेक्वान्दोको हुने

प्रकाशित
384
SHARES

काठमाडौँ । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष महिलामा समान ७-७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८-३० वर्ष, ३१-४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुने छ ।

त्यस्तै प्रतियोगितालाई सैलुङ नगरपालिकाले मुख्य प्रायोजन गर्ने प्रमुख मोक्तानले जानकारी दिए । सहभागिताका लागि इच्छुकले जनवरी ४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । सहभागीले जनवरी ५ देखि ६ तारिखसम्म बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने छ ।

मोस्ट पपुलर खेलाडी’लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ। यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न पाँच अन्तर्राष्ट्रिय निर्णायक चयन गरिएको छ । अन्तर्राष्ट्रिय निर्णायकहरुमा नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गी रहेका छन् ।

प्रतिक्रिया