आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जाडोमा शरीरका विभिन्न जोर्नी र घुँडाको दुखाइबाट बच्नको लागि ध्यानदिनै पर्ने यी १५ उपाय

प्रकाशित
683
SHARES

काठमाडौँ । शरीरका विभिन्न जोर्नी नदुख्ने व्यक्ति कमै होलान । गर्धन, ढाड, कम्मर, घुँडा दुख्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ ।  पुषको महिना लागेसँगै चिसो बढ्दैछ । यो मौसममा अधिकाशं मानिसमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्ने गर्दछ । कतिपयलाई त घुँडा दुखाईले हिँडडुल गर्न समेत समस्या हुन्छ । जोर्नी तथा घुँडा दुखाईबाट राहत पाउन निम्न उपाय अपनाउन सकिन्छ ।

तोरीको तेलमा लसुन मिसाएर हल्का तताई नियमितरुपमा दुखेको भागमा मालिस गरे जोर्नी र घुँडाको दुखाई कम हुन्छ । कागतीको सेवन वा यसलई घुँडामा दल्दा घुँडाको दुखाईमा राहत मिल्दछ । अदुवालाई चियाँसग सेवन गरे वा यसको रस पिउँदा वा अदुवाको रस महसँग सेवन गरेमा घुँडाको दुखाईमा रामवाणको काम गर्छ ।

यस्तै सिधे नुनलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा घुँडाको दुखाईमा आराम मिल्दछ । बेसारमा रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्ने भएकाले घुँडाको दुखाई कम गर्न सहयोग गर्छ ।

त्यस्तै मेवाको बिउलाई पिसेर तेलमा मिसाई लगाएमा घुँडामा दुखाईबाट राहत मिल्दछ । नियमित रुपमा गाजर सेवन गरेमा घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ । मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले दुखेको भागमा लगाउँदा जोर्नी र घुँडाको दुखाई शान्त हुन्छ ।

प्याज खादाँ वा पिसेर घुँडामा लगाउनाले घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । खुट्टा मर्किएका बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्दछ ।

रातो खुर्सानीमा रहने केपसाइसिनले पेनकिलरको जस्तै काम गर्ने भएकाले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । बदाम, दुध जस्ता चिजहरु दैनिकरुपमा सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

क्याल्सियमयुक्त खानाले हड्डीको समस्याबाट राहत दिलाउने भएकाले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ । घुँडाको दुखाई हुनेहरुले नियमित रुपमा एक्सरसाइज गर्न आवश्यक छ । नियमित योगा गरेमा समेत घुँडाको समस्याबाट छुटकारा दिलाउँछ ।

प्रतिक्रिया