आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घाम ताप्दा शरीरलाई हुन्छ यस्ताे फाइदा

प्रकाशित
807
SHARES

काठमाडौँ । घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।

घामले शरीरलाई पुर्‍याउने फाइदा, सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ । बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।

चिसोबाट लाग्ने रोगबाट बचाउँछ। सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।  घामले रगत जम्नबाट बचाउँछ।

घामबाट हुन सक्ने असर छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ। अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ । जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।  छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ। लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।

प्रतिक्रिया