आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थाइल्याण्डका राजाकी प्रेमिकाको सयौं न’ग्न फोटो लिक, एकाएक भाइरल बने

प्रकाशित
327
SHARES

थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नकी प्रेमिका सिनित वोंगवजिरापकडीको करिब एक हजार फोटो सार्वजनिक भएको छ । द टाइम्स डट को डट यूकेको रिपोर्ट अुनसार यीमध्ये धेरैजसो न’ग्न फोटो समावेश छन् । राजाकी श्रीमती सुथिडा र प्रेमिकाम सिनितबीच झगडाका कारण तस्बिर लिक भएको धेरैले अनुमान गरेका छन् । सुथिडा थाइल्याण्डकी रानी हुन् ।

थाइल्याण्डका राजाकी प्रेमिका सिनितको फोटो यस्तो समयमा लिक भएको छ जब उनी जेलबाट बाहिर निस्किएर राजाको नजिक पुगेकी छिन् । गत वर्ष आश्चर्यजनक रुपमा प्रेमिकालाई जेलमा बन्द गरिएको थियो । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेको थियो ।

डेली मेलको रिपोर्ट अनुसार सिनितको न’ग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ । यी तस्बिर सन् २०१२ देखि २०१४ बीच खिचिएको हो । सुनित आफैंले नै यी तस्बिर खिचेको बुझिएको छ ।

थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ । थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।

४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् । सुथिडा महारानी हुनुअघि थाई एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् जबकी सिनत आर्मी नर्स थिइन् ।

यस्तै उता दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय गरेको छ । दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ ।

क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने बढी सम्भावना रहेको र यसले महामारी थप फैलिन सक्ने कारण दुई हप्ता भोजभतेर र रमाइलोमा नजान आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्यिोनमा घरभित्र वा बाहिर परिवारका सदस्यबाहेक चार जनाभन्दा माथि भेला हुन नपाइने व्यवस्थालाई बुधबारदेखि लागु गर्ने सूचना यसअघि नै भइसकेको छ ।

केन्द्र सरकारले वर्षान्तका समय हुने सामान्यभन्दा सामान्य भेलालाई पनि रद्द गर्न र कोभिड–१९ सङ्क्रमण फैलिन नदिन देशव्यापीरूपमा आग्रह गरेको छ । यसअघि नै निश्चित गरिएका कार्यक्रमहरूलाई पनि सरकारको निर्देशन बमोजिम सम्पन्न गर्न अधिकारीहरूले सुझाब दिएका छन् ।

उक्त अवधिमा सिनेमा हल वा कन्सर्टमा पनि साँझ नौ बजेपछि सेवा सञ्चालनलाई रोक्न भनिएको छ । स्कीलगायतका खेलकूद गतिविधिहरूलाई पनि आगामी १० दिन पूर्णतया रोक लगाइएको छ ।

उक्त समय पर्यटन, पार्क सवारी बन्द गरिनेछ भने होटेल, गेष्ट हाउस र अन्य आवासीय व्यवस्थापनलाई एक तिहाई क्षमतामा मात्र सञ्चालन गर्न भनिएको छ भने डिपार्टमेन्ट स्टोर्समा जाँदा फर्किदा पाहुनाको तापक्रम लिन अनिवार्य गरिएको छ ।

प्रतिक्रिया