आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख नाघ्यो, एकैदिन यती धेरैकाे मृत्यु

प्रकाशित
614
SHARES

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् । एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।

संक्रमित २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् ।

संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ । अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ४५४ जना संक्रमित भएका छन् । ३ लाख ३० हजार ८१३ जनाको मृत्यु भएको छ। त्यस्तै नेपाल संक्रमित मुलुकको सूचीमा ४० औ स्थानमा छ । विगत केहीदिन देखि नेपालमा संक्रमितको संख्या घट्न थालेको छ ।

त्यस्तै ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

एक साताका लागि ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिइने जनाएको छ । तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहेका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या १ लाख २८ हजार १४३ जना पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य १ लाख १९ हजार ९४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४९० जना पुगेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोरोना कहर बढदै गएपछि साउदी अरब, कुवेत लगायत अन्य विभिन्न देशले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया