आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बैठकमा ओलीले भने- पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

प्रकाशित
756
SHARES

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेलामा पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन्। सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भनेर जीवन शर्माको गीत गुनगुनाएका थिए।

ओलीले यस्तो भनेपछि हलमा हासोको फोहोरा छुटेको थियो । यता ओलीको अभिव्यक्तिका कारण प्रचण्ड पक्षका कार्यकर्ताहरु आक्रोशित बनेका छन् । उनीहरुले सामाजिक संजालमा ओलीको व्यापक आलोचना गरेका छन् ।

ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् । उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् ।

बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे । ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’ उनले पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेका छन्। उनले आफूले पार्टी नफुटाउने भन्दै पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेका लागि कमिटि घोषणा गरेको जानकारी दिए।

बैठकमा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।अर्का पार्टी अध्यक्ष प्रचण्ड-नेपाल समूहले भने अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै ओलीले बैठक बोलाएका छन् ।

बैठकमा प्रचण्डनिकट मानिएका नेताद्वय टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने बैठकमा देखिएका छैनन् ।

ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न प्रचण्ड-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष प्रचण्डलाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउँदैछन् ।

यसैबीचपार्टीको कारवाहीमा परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको महाधिवेशन आयोजक समिति अवैधानिक रहेको इतर पक्षले बताइएको छ ।

आज बालुवाटारमा बोलाएको आफू निकट केन्द्रीय कमिटीको बैठकबाट उनले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका छन् । पार्टी विधानमै व्यवस्था नभएको कुरा नेकपा अध्यक्ष अ‍ोलीले गरेको आरोप स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले दाबी गरे ।

उनले भने, ‘पहिलो कुरा त उनलाई पार्टीको स्थायी कमिटीको बैठकले कारवाही गरेको छ, त्यस अवस्थामा उहाँले कुनै बैठक नै बोलाउन मिल्दैन, बैठक बोलाए पनि बहुमत पुगेको छैन, बहुमत नपुगेको कारण उहाँले निर्णय गर्न मिल्दैन यो अवैधानिक हो ।’ नेता पोखरेलले केन्द्रीय कमिटी भंग गर्ने अधिकार पनि अ‍ोलीसँग रहेको दावी गरे ।

के छ विधानमा ?

पार्टी विधानको १७ मा पार्टीको एकताको राष्ट्रिय महाधिवेशनको व्यवस्था गरेको छ । राष्ट्रिय महाधिवेशन पार्टीको सवोच्च संस्था हुने भनिएको छ । एकताको राष्ट्रिय महाधिवेशन अगामी दुई वर्षभित्र सम्पन्न गरिने उल्लेख गरिएको छ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोकेबमोजिम हुनेछ भनिएको छ ।

एकताको राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैले आवश्यक विधि, प्रकृया र संरचना तय गर्ने भनि विधानमा उल्लेख गरिएको छ । त्यस्तै, एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान, राजनीतिक प्रतिवेदन र आवश्यक अन्य दस्तावेजहरु पारित गर्नेछ । केन्द्रीय कमिटी, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन एकताको राष्ट्रिय महाधिवेशनबाट पारित विधान बमोजिम हुने विधानमा उल्लेख गरिएको छ ।

‘पार्टीको कुनै पनि निर्णय बहुमतबाट हुनुपर्छ, जुन बहुमत ओलीसँग छैन, केन्द्रीय कमिटीको बैठक बोलाएका छन् त्यहाँ ४० प्रतिशत केन्द्रीय समिति सदस्य नरहेको’ बताउँदै नेता पोखरेलले मुस्किलले ३०–३५ प्रतिशत केन्द्रीय सदस्यको निर्णय वैधानिक नहुने दावी गरे ।

आज १ बजे बस्न लागेको केन्द्रीय कमिटीको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । नेकपा अध्यक्ष प्रचण्ड पक्षको केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक चलिरहेको छ । स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने बताइएको छ । साथै, प्रधानमन्त्री ओलीले घोषणा गरेको महाधिवेशन आयोजक कमिटीको बैठक बारे पनि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया