आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले चाले अर्को गोटी, केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा

प्रकाशित
781
SHARES

काठमाडौँ । पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।अर्का पार्टी अध्यक्ष  प्रचण्ड-नेपाल समूहले भने अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै ओलीले बैठक बोलाएका छन् ।

बैठकमा प्रचण्डनिकट मानिएका नेताद्वय टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने बैठकमा देखिएका छैनन् ।

ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न प्रचण्ड-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष प्रचण्डलाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउँदैछन् ।

प्रतिक्रिया