आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाका भावी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरूद्धको खोप

प्रकाशित
490
SHARES

एजेन्सी । अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ । मेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २६ हजार ६७८ पुगेको छ । यस्तै त्यहाँ १ करोड ८४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८२ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८४ लाख ५६ हजार ७२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७ लाख ८८ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ४० हजार ८२४ जनामध्ये २८ हजार ४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया