आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनको भाउ तोलामा ९ सयले बढ्यो, कतिमा भइरहेकाे छ काेराेबार

प्रकाशित
733
SHARES

काठमाडौँ । शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामै नौ सय रुपैयाँले बढेको छ । आइतबारसम्म ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको प्रतितेला भाउ सोमबार ९५ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तेजाबी सुनको भाउ ९७ हजार सात सय तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोलामा ४० रुपैयाँले बढेको छ । शुक्रबारदेखि १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार प्रतितोला १३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहेको लगन सकिएको र पुसमा शुभ लगन नहुने भएकाले सुनको कारबारमा ह्रास आएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया