आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु, काठमाडाैंमा पनि चिसाे बढ्दै

प्रकाशित
390
SHARES

काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

तर, दिउँसोसम्म हुस्सु खुलेर घाम लाग्ने मौसमविद शान्ति कडेँलले जानकारी दिइन् । महाशाखाका अनुसार मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ । आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ । केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ ।

४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिने मौसमविद मिनकुमार अर्याल बताउँछन् । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया