आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले संसद विघटनकाे सिफारिस गरेलगत्तै नेताहरु फायर कसले के भने ?

प्रकाशित
816
SHARES

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि चौतर्फी बिरोध सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर एकाएक प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि चौतर्फी बिरोध शुरु भएको हो ।

यस्तैमा पूर्वप्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् । डा. भट्टराईले संसद विघटन गर्ने ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नु पर्ने अवस्था आएको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए। भट्टराईले उनको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने देखाएको र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक संसद व्यवस्था हुनुपर्ने बताए।

‘यसमा मेरो निजी विचार रहँदै आएको छ। अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ,’ भट्टराईले ट्वीटरमा भिडिओमार्फत् भनेका छन्।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले यसमा सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन्। उनले संसद विघटनको प्रस्ताव अत्यन्त दुखद् एवं लोकतन्त्रको मर्म र संविधानको प्रावधानविपरीत भएको पनि बताए । कसले के भने

संसद् विघटनको प्रस्ताव असंवैधानिक- माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् ।

‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत छ, वरिष्ठ नेता नेपालले रातोपाटीसँग भने, प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ ।

संसद विघटन असंवैधानिक छ, लागू हुन सक्दैन नेकपा प्रवक्ता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे ।

प्रवक्ता श्रेष्ठले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे । यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।

संसद बिघटन लोकतन्त्रलाई अस्थिरता तर्फ धकेल्ने असंबैधानिक कदम- बरिष्ठ नेता पौडेल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संबिधानअनुसारर लोकतन्त्र र राष्ट्रहीतबिपरीतको संसद बिघटन सिफारिस तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको भन्दै उक्त अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन भन्ने विचार ब्यक्त गरेका छन् ।

त्यस्तै उनले भनेका छन्, म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।’काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुगं, डा मिनेन्द्र रिजाललगायतका नेताहरुलेसमेत यस कदमको कडा बिरोध गरेका छन् । काँग्रेसको औपचारिक धारणाभने अहिलेसम्म आएके छैन । तर काँग्रेसले उक्त ओली सरकारको कदमको समर्थन गर्ने सम्भावना भने छैन ।

संसद विघटन असंवैधानिक, राष्ट्रपतिले स्वीकृत गर्न हुँदैन- शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद वि

घटनको सिफारिसका निर्णयलाई नेता कोइरालाले गैरजिम्मेवारपूर्ण भनेका छन् ।

उनले भने, ‘संसद विघटनको सिफारिस असंवैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत गर्नुहुन्न।’

संसद विघटनको कांग्रेसले प्रतिवाद गर्छ- प्रवक्ता शर्मा

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको नेपाली कांग्रेसले प्रतिवाद गर्ने भएको छ । ‘ओलीको कदम अधिनायकवादी आकांक्षको अन्तिम प्रयत्न हो । कांग्रेसले यसलाई असफल बनाउँछ,’ शर्माले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि हामी सबै दलहरुसँग अपिल पनि गर्छौँ ।’

उनले जनताको कोरोनाको महामारीमा फसेका बेला भएका सरकारी हर्कत अक्षम्य भएको समेत बताएका छन् । ‘कोरोनाले जनता मरेका बेला रातो झण्डा फरफरउँदै जाने रहर कुनै पनि अधिनायकवाद नै हो,’ उनले भने, ‘लोकतन्त्रमा हुँदैन । कांग्रेसले यसको प्रतिरोध गर्छ ।’

नेकपाको मतको बैधता सकियो- गगन थापा

प्रधानमन्त्री ओलीले लहडमा असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर तीन वर्षअघि जनताले दिएको मतको वैधता पनि समाप्त पारेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्री ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ,’ थापाले ट्वीटमा भनेका छन्, यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

ओलीको सिफारिसलाई सर्वोच्चले उल्टाइ दिन्छ- उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनको रिफारिस गरेको टिप्पणी गरेका छन् ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जवर्जस्ती गरेको उनले बताए । यसरी संविधानविपरित कार्य गर्यो भने लोकतन्त्र नै खतरमा पर्न सक्ने बताउँदै उनले प्रधानमन्त्री ओलीको यो कार्यलाई निरकुंशताको संज्ञा दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई सदर गरेपनि यसलाई सर्वोच्चले उल्टाई दिने बताउँदै उनले प्रधानमन्त्री ओलीले चालेको कदम लोकतन्त्रको हितविपरित रहेको प्रतिकृया दिए । हुँदै नभएको अधिकार प्रयोग गर्नु भनेको निरकुंशता भएको र यस्तो काम पहिला राजा महराजाले गर्ने गरेको बताउँदै उनले यी कुराको मूल्याकंन जनताले गरिरहेको बताए ।

प्रतिक्रिया