आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँ उपत्यकामा बर्षकै बढी चिसो, कति डिग्रीमा झर्यो तापक्रम ?

प्रकाशित
575
SHARES

काठमाडौं । केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको छ । काठमाडौँ उपत्यकामा पनि तापक्रम गिर्दो अवस्थामा रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम अहिलेसम्मै कै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।

नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।

आज (शनिबार) केही ठाउँमा आशिंक बदली हुनु बाहेक देशका अन्य ठाउँमा मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव छ । अहिले नेपालको पश्चिमी तथा मध्य तराईं क्षेत्रका अधिकांश ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, राति प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । साथै तराईंका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस ४ गते शनिबारदिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस ५ गते आइतबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेश भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस ६ गते सोमबार दिउँसो कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।पबत

प्रतिक्रिया