आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजधानी हल्लिनेगरी फेरि गयो भूकम्पको कडा धक्का, कहाँ हो केन्द्रविन्दु ?

प्रकाशित
672
SHARES

काठमाडौँ । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा बिहीबार मध्यराति भूकम्प गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। जसको झट्का दिल्ली-एनसीआर इलाकासम्म महसुस गरिएको थियो।

यसैबीच भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख ७७ लाख नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ७७ हजार ७६० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ८२९ पुगेको हो ।

यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अनिवार्य मास्क लगाउन आह्वान गरेको छ । सङ्गठनले नयाँ वर्ष सन् २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

नयाँ वर्ष र क्रिसमस मनाउने क्रममा सामान्य हेलचेक्रयाइँ गरियो भने युरोपभरि नै कोरोना भाइरसको महामारी अझ बढ्ने खतरा भएको भन्दै डब्ल्यूएचओले सचेत गराएको छ । डब्ल्यूएचओले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनुपर्ने र सँगसगै काम गर्नुपर्नेतर्फ पनि सङ्गठनले सबैको ध्यानाकर्षण गराएको छ । हरेक व्यक्ति–व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने सङ्गठनले भनेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै घरमा नयाँ वर्ष र क्रिसमस मनाउन र बाहिर जानै परेमा मास्कको पूर्ण प्रयोग गर्न सङ्गठनको अनुरोध छ ।

प्रतिक्रिया