आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ला लिगामा बार्सिलोनाको जित

प्रकाशित
507
SHARES

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिन तीन मिनेटअघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढायो । जोङको सोही गोल निर्णायक सावित भयो ।पछिल्लो समय खराब नजिताले दबाब खेपिरहेको बार्सिलोनालाई सोसिडाडविरुद्धको जितले ठुलो राहत दिएको छ ।

बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसंग समेत अंक दूरी घटाएको छ । शीर्ष तीन क्लबको समान २६ अंक छ । पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ । पछिल्लो नतिजाले सोसिडाडले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

यस्तै साविक विजेता लिभरपुल प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा टोटेनहममाथि २–१ को जित निकाल्दै लिभरपुलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे ।

टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो ।लिभरपुलसँगको हारसँगै टोटेनहमको ११औं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । जितसँगै शीर्षस्थानको लिभरपुलको २८ अंक छ भने हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

प्रतिक्रिया