आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तत: अध्यादेश फिर्ता लिन बाध्य भए ओली, कसरी जुट्याे यस्ताे सहमति ?

प्रकाशित
258
SHARES

काठमाडाैं । चौतर्फी कडा आलोचना र पार्टीभित्र पनि व्यापक बिरोध भएपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन बाध्य भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।

यसअघि संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । नेकपाका स्थायी कमिटीका एक सदस्यकाअनुसार मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर सांसदहरु शीतलनिवास पुगेका हुन् ।

तर, नेकपाका सांसदहरु शीतलनिवास पुगे पनि उनीहरुको निवेदन भने दर्ता भएको छैन् । शीतलनिवास पुगेका एक सांसदले राष्ट्रपति कार्यालयका सचिव निवेदन दर्ता गर्न छाडेर त्यहाँबाट निस्केको बताए ।

नेकपा सांसद पम्फा भुसाल र भीम रावलसहितको टोली निवेदन लिएर शीतलनिवास पुगेका छन् । उनीहरु सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । संसदको एक चौथाई सांसदले लिखितरुपमै निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

एकटा अधिवेशनदेखि अर्कोको बिचको अवधि ६ महिना भन्दा बढी हुन नपाइने संवैधानिक बाध्यताका कारण पुस १७ सम्म भने अनिवार्यरुपमा संसद बोलाउनुपर्ने अवस्था छ । यस्तो बाध्यात्मक अबस्था भए पनि सरकारले अधिवेशन बोलाउन आलटाल गरेको बरु एकपछि अर्को अध्यादेशको तयारी गरेको आंशकासहित नेकपा सांसदले विशेष अधिवेशनको माग गरेका छन् ।

प्रतिक्रिया