आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशभर थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित
235
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ५५५५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३९ हजार ४१६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार ७९६ जना संक्रमित भएका छन्, जसमध्ये ४५० जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार १७९ जना निको भएका छन्।ललितपुरमा १४ हजार ५९८ जना संक्रमित भएका छन्।

जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६९९ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५४८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १०० जना निको भएका छन्। आज काठमाडौमा ४ हजार १६७ ललितपुरम ७६२ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया