आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडनले पहिलाेपटक चाले यस्ताे बेग्लै कदम

प्रकाशित
364
SHARES

काठमाडौ । अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडनले अमेरिकी मन्त्रिपरिषदमा यातायात मन्त्रीको रूपमा पीट बुटिजिजलाई छनौट गरेका छन । शुरूवाती दौडमा बाइडनका प्रतिस्पर्धी समेत रहेका पूर्व मेयर बुटिजिजको नामलाई सिनेटले अनुमोदन गरे अमेरिकी मन्त्रिपरिषदमा पहुँच पाउने पहिला समलैङ्गिक हुने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन ।

यस अघि यो पदका लागि अन्य मेयरहरूको नाम चर्चामा रहेको बेला बाइडनको छनौटमा बुटिजिज एक महत्वपूर्ण उम्मेदवारको रूपमा अगाडि एका हुन । डेमोक्रेटिक पार्टी भित्रबाट राष्ट्रपति पदको उम्मेदवारका लागि छनौट प्रतिस्पर्धामा बुटिजिजले राम्रो प्रदर्शन गरेर आफ्नो नाभम प्रतिस्पर्धाबाट फिर्ता गरी बाइडनका सहयोगी बनेका थिए ।

३८ वर्षीय बुटिजिज १ लाख मानिसको बासिन्दा भएको इन्डियानाको दक्षिणी बेन्ड शहरका मेयर पदको जिम्मेवारी सम्हालिसकेका छन । यातायात मन्त्रीको रूपमा राम्रो जिम्मेवारी पूरा गरे बुटिजिजका लागि आगामी दिनमा भविष्यमा उनको स्थान राम्रो ठाउँमा सुनिश्चित हुन सक्ने देखिएको छ ।

बुटिजिजले म्याकिन्से एन्ड कम्पनीका चेल्सी क्लिन्टन, गुगलका सुन्दर पिचाइ, फेसबुकको शेरिल स्यान्डबर्ग , युबीएस एजीका पिटर उफिल र सिनेटर टम कनट जसतासँगको राम्रो सम्बन्ध बनाएको देखिएको छ । समलैङ्गिलाई मन्त्री छानेर वाइडेनले अमेरिकी राजनीतिक इतिहासमा बेग्लै कदम चालेाे भन्दै यसकाे तरंग विश्वभर पुगेकाे छ ।

यसैबीच अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पाएको छ । इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए। अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् ।

यो प्रक्रियामार्फत बाइडेनले औपचारिकता पाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि मत परिणाम स्वीकारेका छैनन् । ट्रम्पले कतिपय राज्यमा मुद्दा हाले पनि ती सबै मुद्दालाई अदालतले खारेज गरिदिएका छन् । तर पनि उनले अझै पराजय स्वीकारेका छैनन् ।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्नियाले सोमबार अन्तिममा हालेको मतले बाइडेनलाई औपचारिक जितको नतिजा पारे गराएको थियो । क्यालिफोर्नियामा ५५ इलेक्टरल मत छ । मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो।

मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ ।

त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्नेछ । इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । यस्तै अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६१९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ८९ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ६९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६९ लाख ४२ हजार ८२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ७१ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६७ लाख ६३ हजार ७० जनामध्ये २७ हजार ८६२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया