आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खानेपानी मन्त्री बिना मगरले किन गरिन राजीनामा दिने घोषणा

प्रकाशित
1.1K
SHARES

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले गरिन राजीनामा दिने दिनको घोषणा गरेकी छिन । मन्त्री मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् । उनले यदि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने पनि बताएकी छिन् ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री मगरले भ्रष्टाचार नगर्ने र देश समृद्ध बनाएरै छाड्ने बताएकी छिन् । ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले लेखेकी छिन् ।

उनको ट्वीटमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिले खानेपानी मन्त्रालय पनि भ्रष्टाचारको भुमरीमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यस्तै यता गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने उनको विश्वास थियो ।

राजावादीहरुको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले यो उनीहरुको मृगतृष्णा मात्रै भएको बताए । सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन’ गृहमन्त्री थापाले भने ‘नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन दिँदैन ।’

यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् ।

प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास हुने जिकिर गरे ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले राजनीति र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गरे । “बहुमत सदस्यले आफ्नो दृष्टिकोण भने राख्न सक्नेछन्”, उनले भने ।

अर्काे प्रसङ्गमा उनले राजनीतिका नाममा हिं’सा र व्यक्ति ह’त्या स्वीकार्य हुन सक्दैन भन्दै कम्युनिष्टका नाममा भएको व्यक्ति हत्याको भत्सर्ना गरे। पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्याग गर्नु उचित हुने विचार पनि उनले राखे ।

संवैधानिक निकायका खाली पदमा हुने नियुक्ति सिफारिशका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा त्यस्ता निकाय कमजोर हुने र सरकारले बाध्य भई अध्यादेश ल्याउन सक्ने धारणा राखे ।

प्रतिक्रिया