आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ् नेपाली बजारमा कारोबार

प्रकाशित
637
SHARES

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार पनि सुनको मूल्यमा एक सय रूपैयाँकै गिरावट आएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै भारतीय रिजर्व बैंकले भोलिदेखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यो सेवा १ डिसेम्बर राति १२:३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ । डिजिटल कारोबार गर्ने व्यक्तिका लागि यसले प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध हुने घोषणा गरेको हो । यसको अर्थ सेवाग्रहीले अब उपरान्त आरटीजीएसमार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पुर्‍याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले बताए ।

आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो। यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ। आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ । यसमार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया