आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको हुन सक्छ- देउवा

प्रकाशित
566
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले ‘राजा आऊ देश बचाऊ’ को नारा लगाएको दाबी गरे ।

सम्बोधनका क्रममा देउवाले भने, ‘ओली नै तत्कालीन राजासँग मिलेको भए त थाहा छैन, होइन भने कसरी आन्दोलन भएको छ ?’ सभापति देउवाले ओली सरकार नै राजावादीहरुको आन्दोलनको जिम्मेवार रहेको समेत बताए । साथै उनले नेपालमा पुनः राजा नआउने पनि प्रष्ट पारे ।

देउवाले निर्मला पन्तको ह’त्या भएको लामो समय भएको तर अपराधी पक्राउ नपरेकोप्रति शंका गर्दै अभियुक्त पक्राउ नपर्नुको कारण पार्टीको मान्छेको संग्लग्नता हुनसक्ने बताए । ‘शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म निर्मला पन्तको हत्यारालाई पक्राउ गरेको छैन, उसको पार्टीको मान्छेको संग्लग्नता छैन भने किन पक्राउ गर्दैन ?,’ उनले भने ।

देउवाले नेपालमा भ्रष्टाचार र बला’त्का’रका घटना बढेको र कोरोनाको महामारीका बेला पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए । सम्बोधनका क्रममा देउवाले नेपालमा एकदलीय सर्वसत्तावादी शासन लागु गर्न खोजेको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको व्यङ्ग्य गर्दै भने, ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

आज कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरोधी प्रदर्शन गरेको छ । कांग्रेसले सरकारले राम्रो काम गर्न नसकेको, भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो ।

यस्तै सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्। कैलालीमा आज सरकारविरूद्ध कांग्रेसले गरेको प्रदर्शनमा थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनु भएको छ।’

प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको उनको भनाइ छ। सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने उनले बताए।

उनले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गरेका छन्। सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।

किसानले मल नपाएको र ऋण लिएर हजारौं युवाले गरेको व्यवसाय संकटमा परेका बेला पनि सरकारले सहयोग नगरेको थापाको भनाइ छ। सुदुरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्रीले जनअपेक्षाअनुसार काम नगरेको पनि उनले बताएका छन्।

प्रतिक्रिया