काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५० महिला र १९८ पुरुष गरी ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताए । नयाँ थपिएका संक्रमितसँगै काठमाडौँ उपत्यकामा मात्र हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।
थप १५०० जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३५ हजार७३१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
थप ९ कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । यसअघि शनिबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ थियो ।
पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३५ हजार७३१ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।
प्रतिक्रिया