आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालुवाटारमा सुरु भयो नेकपा स्थायी कमिटी बैठक

प्रकाशित
1K
SHARES

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक मनाएर स्थगित गरिने भएको छ ।

बैठकमा नियमित एजेण्डामा छलफल भने अनिश्चित रहेको एक नेताले बताए । यसअघि २१ मंसिरको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराही बसे पनि आइतबारको स्थायी कमिटी बैठक बालुवाटारमा बोलाइएको थियो ।

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी भएका हुन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।

प्रतिक्रिया