आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२४ घण्टामा थपिए ८९९ कोरोना संक्रमित, कति जनाको भयो मृत्यु ?

प्रकाशित
519
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।

यसअघि शुक्रबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ थियो । पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३४ हजार २३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।

प्रतिक्रिया