आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीलाई लिएर भयो यस्तो नयाँ पुष्टि, पहिलोपटक विश्वभर खुसियाली

प्रकाशित
662
SHARES

काठमाडौँ । विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९६ लाख २५ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख नाघेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघेको छ ।बितेको २४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख ३८० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ६१८ जना गम्भीर बिरामी छन्।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६२ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

यस्तै अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका छन् ।

विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप लगाउने बाटो खुलेको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको ठानिएको बेलायतमा यसै साता फाइजरको खोपलाई स्वीकृत गरी आमरुपमा खोप लगाउन थालिएको छ । क्यानडा, बहराइन र साउदी अरेबियाले पनि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरिसकेका छन् ।

युरोपेली युनियनका मुलुकहरुले पनि फाइजर समेतका कम्पनीका खोपलाई स्वीकृत गर्ने बारेमा छलफल गरिरहेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले आयोजना गरेको विज्ञहरुको बैठकमा १७ जनाले फाइजरको खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा र एक जना अनुपस्थित रहेका थिए ।

यद्यपी यो मतदान बाध्यकारी भने छैन, तर आपतकालीन प्रयोगको बाटो खोल्न यो मतदानले विशेष महत्व राख्नेछ । न्यू इङ्ल्यान्ड मेडिसिन जर्नलले फाइजरको खोप लगाएका करिब ४४ हजार व्यक्तिमाथि गरिएको क्लिनिकल परीक्षणको पूर्ण विवरण प्रकाशन गरेको छ जसले फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको र खोप लगाउने व्यक्तिमा कुनै गम्भीर शारीरिक असर नदेखिएको जनाएको छ ।

जर्नलको सम्पादकीयमा फाइजरको खोपको नतिजा कोभिड–१९ विरुद्ध ठूलो विजय हो भनिएको छ । कोरोनाभाइरस महामारीबाट विश्वभर १५ लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकाले यसै डिसेम्बर महिनाभित्र २ करोड मानिसलाई खोप लगाउने योजना अघि बढाएको छ जसमा केएर होममा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरु पहिलो प्राथमिकतामा छन् ।

यस्तै अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २ हजार ७५० पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको छ । यो संख्या त्यहाँ एकैदिन संक्रमण हुनेको अहिलेसम्मकै उच्च हो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६४ लाख ३५ हजार ५८२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६६ लाख २५ हजार ४१३ जनामध्ये २७ हजार ३२४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया