आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर ४ करोड ९६ लाखभन्दा बढी व्यक्तिले जिते कोरोना

प्रकाशित
845
SHARES

काठमाडौँ । विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९६ लाख २५ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख नाघेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघेको छ ।

बितेको २४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख ३८० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । हाल विश्वमा २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन्।

तीमध्ये १ लाख ६ हजार ६१८ जना गम्भीर बिरामी छन्। सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६२ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

यस्तै नेपालको छिमेकी राष्ट्र भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख २६ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख २१ हजार २४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३९६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ६१८ पुगेको हो ।

प्रतिक्रिया