आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुग्लिन सडक खण्डको खहरे खोलामा गाडी खस्यो

प्रकाशित
410
SHARES

नारायणगढ । मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित खहरे खोलामा ट्रक खस्दा दुई जना घाइते भएका छन् । रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आउँदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भइ खहरे पुलबाट गएराति साढे २ बजेतिर खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका- २ का २६ वर्षीय साजन परियार र सहचालक सोही स्थानका २४ वर्षीय सुजन कँडेल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै उता बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

यस्तै यता नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी–२ को पहेलीभित्तास्थित विनयी खोलामा मध्यरातमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको मृत्यु भएपछि दुम्किबासमा तनाव चुलिएको छ ।

प्रहरीको कुटाइबाट दाङको राजापुर गाउँपालिका–४ का २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको भन्दै स्थानीयले राति १ बजेदेखि पूर्वपश्चिम राजमार्गको दुम्किबास खण्ड अवरूद्ध पारेका छन् ।

अवैधरूपमा ढुंगा गिट्टी निकालेको भन्दै प्रहरीले पिटेका कारण यादवको मृत्यु भएको भन्दै स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गरेपछि १३ सेल अश्रुग्यास पनि प्र’हार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले अहिले पनि इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । प्रहरीले भने यादबको मृत्यु प्रहरीको कुटाइबाट नभइ ट्याक्टर दुर्घटनामा भएको दाबी गरेको छ ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु ३ त ८१७५ नंको ट्याक्टर दुर्घटना हुँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख, प्रहरी निरीक्षक विकास बमले बताए ।

जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्याक्टर लिएर भागेका यादव दुर्घटनामा परेको उनको दाबी छ । सोक्रममा प्रहरीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् ।

प्रतिक्रिया