आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विवादित करोडौको लेनदेनमा मुछियो नारायणकाजीको नाम !

प्रकाशित
1K
SHARES

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको हो । ६९ वर्षका लामा कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत थिए । लामाका दुई श्रीमती, एक छोरा र चार छोरी छन् ।

०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनी ०६३ मा पुनर्स्थापित व्यवस्थापिका–संसद्को सदस्यसमेत थिए । त्यसपछि उनी दक्षिण कोरियाका राजदूत बनेका थिए ।

लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।

प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।

मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दु:खी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले नयाँ पत्रिकासँग भने । प्रवक्ता श्रेष्ठले लामाको निधनको दु:खद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् । निधनअगाडि लामाले फेसबुकमा लेनदेन समस्याबारे लेखेका थिए । तर, प्रवक्ता श्रेष्ठको नाम भने उल्लेख गरेका थिएनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया