आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

प्रकाशित
390
SHARES

काठमाडौँ । मोरङमा थप तीन कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार ल्याइएकोमा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको व्यवस्थापक नारायण दाहालले बताए ।

यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएकोमा राति ९:५० बजे मृत्यु भएको उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । यस्तै मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ ।

दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो । पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा परिवारका सदस्यले लगेकोमा बुधबार राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।

यस्तै पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएका लामाको गए राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

काभ्रेका लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए। त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । उनी जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल भए ।

लामा पहिचानको आन्दोलनमा समेत सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। इमान्दार नेताको रुपमा चिनिने लामा कोरोना संक्रमणपछि १५ दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत थिए ।

प्रतिक्रिया