आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेसबुकविरूद्ध अमेरिकाका ४८ राज्यले दायर गरे मुद्दा

प्रकाशित
0.9K
SHARES

एजेन्सी । एकाधिकार कायम गरेको भन्दै अमेरिकाका ४८ वटा राज्यले फेसबुकविरूद्ध मुद्दा दायर गरेका छन् । फेसबुकले गैरकानूनीरूपमा प्रतिस्पर्धीहरूलाई किन्ने तथा दबाउने काम गरेको सङ्घीय नियामकहरू र ४८ वटा राज्यका अभियोजनकर्ताहरूके आरोप छ ।

कुनै पनि सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम भएको बीबीसीले जनाएको छ । फेसबुकले आफ्नो एकाधिकार लाद्न अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत लगानी गरेको अभियोजनकर्ताहरूको दाबी छ ।

४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन फेसबुकले साना कम्पनीहरू पनि आफ्नै नियन्त्रणमा लिएको दाबी गरेकी छन् ।

फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । फेसबुकको एकाधिकार हटाउन इन्स्टाग्राम र ह्वाट्सएपबाट उसको लगानी झिक्न पर्ने माग दाबी गरिएको छ । तर, फेसबुकले भने अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको प्रष्ट्याएको छ ।

फेसबुककी बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिन सरकार उद्धत भएको आरोप लगाएकी छन् ।

प्रतिक्रिया