आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर एकैदिन ६ लाख ३५ हजार संक्रमित थपिए, १२ हजार बढीको मृत्यु

प्रकाशित
446
SHARES

काठमाडौँ । विश्वमा एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार १४२ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा अहिलेसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। हाल विश्वमा १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २२१ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५८ लाख १४ हजार ८७२ पुगेको छ । अहिलेसम्म २ लाख ९६ हजार ६२०ले ज्यान गुमाएका छन्। यस्तै भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३२ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९७ लाख ३५ हजार ९७५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख १५ हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४०४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार ३९८ पुगेको हो ।

यस्तै उता कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गरे ।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ । दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३०६ जना सङ्क्रमणमुक्र भइसकेका छन् । अघिल्लो वर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन ।

प्रतिक्रिया