आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि भयानक हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु, यस्तो छ थप क्षतिको विवरण

प्रकाशित
659
SHARES

काठमाडौँ । उडेको केहि मिनेटमै फेरि डरलाग्दो हेलिकोप्टर दुर्घटना भएको छ । फ्रान्समा भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ। सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिए। उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ। हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो ।

यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ। प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन।

यस्तै उता ट्रम्प प्रशासनले कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति प्रकाशन गरी नयाँ प्रस्तावले राज्यहरु र स्थानीय सरकारले गर्ने खर्च सहित व्यवसाय, विद्यालय र विश्वविद्यालयका लागि समेत बजेट व्यवस्था गरिएको बताए । उनले नयाँ आर्थिक प्याकेज ल्याउनुअघि कंग्रेसकी सभामुख नान्सी पेलोसीसँग परामर्श गरिएको पनि बताए ।

अर्थमन्त्री मन्चिनले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लीकन पार्टीका नेताहरुसँग पनि आर्थिक प्रस्ताव ल्याउनुअघि छलफल गरेको जानकारी दिए । उनले अमेरिकी श्रमिक, परिवार र व्यवसायका लागि अति आवश्यक परेको आर्थिक सहायता उपलब्ध गराउनुपर्ने अहिलेको जटिल स्थितिमा कंग्रेसका दुबै दलबीच समझदारी हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

अर्थमन्त्री मन्चिन र सभामुख पेलोसीबीच आर्थिक प्याकेजका सन्दर्भमा महिनौंदेखि छलफल भएको थियो, तर गत नोभेम्बरको राष्ट्रपति निर्वाचन हुनुअघि कुनै सम्झौता हुन सकेको थिएन ।

गत अक्टोबरको शुरुमै डेमोक्रेटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्सले २२ खर्ब डलरको राहत प्याकेज अनुमोदन गरेको थियो । कतिपय सिनेटका सदस्यहरुले भने राहत प्याकेज १० खर्ब डलरभन्दा सानो हुनुपर्ने जिकिर गरेका थिए ।

ह्वाइट हाउसले अघि सारेको यो नयाँ प्रस्ताव चुनावपछि ट्रम्प प्रशासनको पहिलो कदम हो । नयाँ आर्थिक प्याकेजको अभावमा धेरै अमेरिकीले आफ्नो बेरोजगारी भत्ताबाट विमुख हुनेछन् ।

अमेरिकी चेम्बर अफ कमर्शले अमेरिकी कंग्रेस समक्ष एक पत्र पठाउँदै अर्थपूर्ण राहत प्याकेजको अभावमा दोहोरो अंकको आर्थिक मन्दी छाउने, धेरै साना व्यवसाय सदाका लागि बन्द हुने तथा लाखौं अमेरिकी बेरोजगार हुने चेतावनी दिएको छ । सोमबारसम्म एक लाख १० हजारभन्दा बढी अमेरिकी रेस्टुराँ पूरै बन्द भएको राष्ट्रिय रेस्टुराँ संघले जनाएको छ ।

यस्तै विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया