आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सय दिनमा १० करोडलाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ– बाइडेन

प्रकाशित
882
SHARES

काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य कायम गरेको बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तथार कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले बताए ।

आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग आग्रह गरे ‘१०० दिन मास्क लगाउनु होला ।’ फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५५ लाख ८७ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । यस्तै दुई लाख ९३ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

बाइडेनले स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता साबिएर बेकेरालाई प्रस्तावित गरेको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘मेरो कार्यकालको पहिलो १०० दिनले कोभिड–१९ भाइरसलाई अन्त्य गर्ने छैन, म त्यो वाचा गर्न सक्दिन । तर अवस्था सुधार हुनेछ ।’

विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया