आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिद्रोही नेकपाले बल्ल खोल्यो मोरङमा राजन श्रेष्ठमाथि भौतिक कारवाही गर्नुकाे रहस्य

प्रकाशित
418
SHARES

काठमाडौँ । मंगलबार मिक्लाजुङ-१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेकपाले भौतिक कारवाही गरेको जनाएको छ ।

उक्त घटनाको जिम्मा लिदै नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै ह’तियार लिएर आ’क्र’म’ण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।

इन्चार्ज प्रतापले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृत्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’

श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएकाे नेकपाले जनाएको छ । श्रेष्ठले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका बिज्ञप्तिमा उल्लेख छ । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको नेकपाले जनाएको छ ।

इन्चार्ज प्रतापले बिज्ञप्तिमा भनेका छन्, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।’

श्रेष्ठले जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गो’ली खान्छौ भनेर जनतालाई आत’ङ्कित पारेका २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेकाे बिज्ञप्तिमा उल्लेख छ ।

इन्चार्ज प्रतापको वक्तव्यमा अगाडि भनिएको छ, ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आ’क्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले मोरङ घटनाको जिम्मा लिएसंगै ओली सरकारले पूर्वमा सर्च अपरेसन सुरु गरेको छ । ओली सरकारको आदेशमा मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको हो।

घटनापछि उक्त क्षेत्रमा मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा मोरङको विशेष टोलीले ‘सर्च अपरेसन’ गरिरहको प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले बताएका छन् ।

घटना भएको क्षेत्र धनकुटा, इलाम, पाँचथर र मोरङ जिल्लाको सिमानामा पर्ने भएकाले ती चारै जिल्लाका प्रहरीलाई ‘अपरेसन’ चलाउन निर्देशन दिइएको छ। कार्कीले चारै जिल्लाका प्रहरीलाई ‘सर्च अपरेसन’मा निस्किन निर्देशन दिइसकेको बताए। घटनाअघि पनि मिक्लाजुङमा चारै जिल्लाका प्रहरीको संयुक्त ‘सर्च अपरेसन’ चलाइएको थियो।

प्रतिक्रिया