आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर ५ लाख ७८ हजार संक्रमित थपिए, थप साढे ११ हजारको मृत्यु

प्रकाशित
720
SHARES

काठमाडौँ । विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ। यस्तै यता नेपालमा मंगलवारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३३२ कोरोना संक्रमित आईसीयूमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार सबै भन्दा धेरै बाग्मती ११३ जना आईसीयूमा र ३० को भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै प्रदेश १ मा २९ जना आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा ९८ आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयको तथ्यांकमा उल्लेल छ । कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन् भने सुदूरपश्चिममा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया