आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२४ घण्टामा थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

प्रकाशित
629
SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या लगभग दुई लाख ४२ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ४४२ संक्रमित

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

थप १६२८ जना कोरोना संक्रमणमुक्त

मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,६२८ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ। अहिलेसम्म कुल दुई लाख २७ हजारभन्दा बढी सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ।

अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९३ प्रतिशतभन्दा बढी छ। गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १६.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ। पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६५ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च भएको तथ्याङ्कले देखाउँछ।

थप २० संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि मृत्यु हुने सङ्क्रमतिको सङ्ख्यामा देखिएको वृद्धिले सङ्क्रमण फैलिने क्रम आधिकारिक रूपमा गरिएको आकलनभन्दा बढी हुनसक्ने विज्ञहरूले ‌औँल्याएका छन्।

नेपालको पछिल्लो अवस्थाबारे तथ्याङ्क हेर्दा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै अस्पतालहरू समेत खचाखच हुँदाको अवस्थाभन्दा हाल मृत्यु हुनेहरूको अनुपात बढिरहेको देखिन्छ। अधिकांश मानिसमा लक्षण देखिँदा घरमै आइसोलेशनमा बस्ने र सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने हुँदा पनि मृत्यु धेरै भएको हुन सक्ने जानकारहरू बताउँछन्।

“सङ्क्रमित भइसकेकाहरू परीक्षण नगरीकनै घर बस्ने र निश्चित अवधि पछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने हुँदा समग्रमा सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको हुन सक्छ,” सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने।

त्यस्तै विदेश जानका लागि कुनै पनि किसिमका लक्षण नभएकाहरूले परीक्षण गर्ने गरेको र त्यसकै आधारमा सङ्ख्या घटे जस्तो देखिएको हुन सक्ने उनी बताउँछन्।

सरकारले कनट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण समेत गर्न छाडेको अवस्थामा नयाँ सङ्क्रमितहरूको सङ्ख्याका तुलनामा मृत्यु हुनेहरूको सङ्ख्या बढेका रूपमा व्याख्या गर्न नमिल्ने चिकित्सकहरू बताउँछन्।

अझ अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै वा अस्पतालमा मृत्यु भएकाहरूको समेत कोभिड परीक्षण नगर्ने सरकारी निर्देशनका कारण हाल उपलब्ध तथ्याङ्कमा भर परिहाल्न मिल्ने अवस्था समेत नरहेको जानकारहरूको मत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पछिल्ला केही महिनाका तुलनामा हाल कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको उनी कार्यरत अस्पतालमा देखिएको बताउँछन्। “मूलतः ६० वर्ष भन्दा बढी उमेर भएकाहरूको मृत्यु हुने क्रम बढेको मेरो बुझाइ छ,” उनले भने।

प्रतिक्रिया