आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजपुर ब’म’का’ण्डमा प्रहरीलाई ठुलो सफलता, भारतबाट पक्राउ परे

प्रकाशित
575
SHARES

काठमाडौँ । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले बतायो ।

२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा वि’ष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए । आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

यस्तै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका उज्जवल आचार्य छन् ।

एसएसपी भट्टराईका अनुसार गएराती १०:४० जेको समयमा बा३३प६५ नम्बरको मोटरसाइकल अनाधिकृतरुपमा पार्किङ गरेर राखिएको फेला परेको थियो ।

मोटरसाइकल पार्किङ गरिराखेको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न खोज्दा आचार्यले १६० रुपैयाँ घुस दिन खोजेका थिए। लगत्तै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आचार्यलाई पक्राउ गरी कारवाहीकालागि महानगरीय प्रहरी वृत्त गौशालामा बुझाइएको हो।

प्रतिक्रिया