आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हुम्लामा एकैपटक ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

प्रकाशित
281
SHARES

काठमाडौँ । नेपालको उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।

उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो । मङ्सिर १९ गते स्वाव सङ्कलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

योसँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन् ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ ।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा सङ्क्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योल छाएको छ ।आइतबार सङ्क्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

यस्तै आइतबार नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

आइतबार काठमाडौंमा ३५१, कास्कीमा ८७, ललितपुरमा ७४, भक्तपुरमा ५९, मोरङमा ५६, झापामा ३८, रुपन्देहीमा ३५, अछाममा ३४, बाँकेमा २९, दाङमा २५, चितवनमा २३, बर्दियामा २१ र सुनसरीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिन्धुलीर नवलपरासी पूर्वमा १९/१९, काभ्रेमा १४, तनहुँ र पाल्पामा १३/१३, गोरखामा १२, इलाम र बाग्लुङमा ११/११, बाग्लुङ र लमजुङमा १०/१०, धनुषा, सिन्धुपाल्चोक र स्याङ्जामा ७/७, धादिङ र बैतडीमा ६/६, सप्तरी, सिराहा, म्याग्दी र कैलालीमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर र गुल्मीमा ४/४, सर्लाही, महोत्तरी, धनकुटा, रामेछाप, रोल्पा र डोटीमा ३/३, ताप्लेजुङ, सोलुखुम्बु, पर्सा, भोजपुर, रौतहट, बारा, नुवाकोट, मुस्ताङ, अर्घाखाँची, रुकुम पूर्व, नवलपरासी पश्चिममा २/२ र तेह्रथुम, उदयपुर, रसुवा, ओखलढुंगा, पर्वत, कपिलवस्तु, रुकुम पश्चिम, सल्यान, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा १/१ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया